घोराही, मंसिर १९ । विएससिसिएस आइटिको कोर्षको पढाई सञ्चालन गर्दै आएको घोराहीस्थित अम्विकेश्वरी कलेजमा नवआगन्तुक विद्यार्थिहरुलाई स्वागत गरीएको छ । शनिवार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थि र प्राध्यापकहरुले नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत गरीएको हो । तेस्रो ब्याजका विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रम कलेजमा अध्ययनरत विद्यार्थि सुनिल खरालको अध्यक्षता एंव महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रमुख विमल सुवेदिको प्रमुख आतिथ्यता तथा अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कलेजमा तेस्रो ब्याजमा अध्ययनरत विद्यमर्थि दिपक भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा एनआईएचइका प्रवन्ध निर्देशक भुपालसिँह रोका, कलेजका प्रवन्ध निर्देशक द्रोर्ण खड्का, कोर्डिनेटर दिपसिँह भाट लगायतकाले वोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थि वर्षा पौडेल र राजन डाँगिले गर्नु भएको थियो । सो अवसरमा विद्यार्थिहरुले सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरेका थिए ।
